नेपालले भने, ‘सभामुखज्यू तपाई एक्लो हुनुहुन्न’

नेपालले भने, ‘सभामुखज्यू तपाई एक्लो हुनुहुन्न’

पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई आफ्नो पार्टीले साथ दिने बताएका छन् । 

पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उनले सभामुख सापकोटालाई एकीकृत समाजवादीको साथ रहेको उल्लेख गरेका छन ।

उनले सभामुख सापकोटालाई दृढतापूर्वक अगाडि बढ्न आग्रह गर्दै कानुनको शासनपालना गर्ने र संविधानको सर्वोच्चताको स्वीकार गर्नेहरुले सर्वोच्च अदालतको फैसला पनि स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरे । 

उनले कम्युनिष्ट आन्दोलनलाई जोगाउन तत्कालीन एमालेबाट विद्रोह गर्नुपरेको उल्लेख गरे ।

अध्यक्ष नेपालले नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीलाई स्थापित गर्दै माक्र्सवाद र लेनिनवादप्रति पूर्ण प्रतिबद्ध रहेर कम्युनिष्ट मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गरी बेतिथि, गरिबीलाई समाप्त गरेर सुन्दर समाजको निर्माणमा आफ्नो पार्टी लाग्ने बताए ।