रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा

रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा

काठमाडौं । रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरको छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । 

कांग्रेसमा महामन्त्री पदको मतगणना भइरहँदा उनी पछि परेका छन् । उनले अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा दिने बताएका छन् । 

उनले लेखेका छन्र, 'नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।'