सूर्य चिन्हबाट चुनाव लडेका हृदयेश त्रिपाठीले गठन गरे नयाँ पार्टी

सूर्य चिन्हबाट चुनाव लडेका हृदयेश त्रिपाठीले गठन गरे नयाँ पार्टी

काठमाडौं । पूर्व स्वस्थ्यमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन् । मंगलबार काठमाडौंमा एक पत्रकार कार्यक्रमको आयोजना गरी उनले नयाँ पार्टी गठन गरेको जानकारी दिएका हुन् । उनले जनता प्रगतिशील पार्टी गठन गरेका हुन् । 

उनी २०७४ सालको प्रतिनिधि सभा चुनावअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट अलग भएका उनी नेकपा (एमाले)सँग मिलेर सूर्य चिह्नबाट चुनाव लडेका थिए ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा त्रिपाठीले अन्य दलको आलोचना गरेर आफूलाई असल देखाउने प्रतिस्पर्धामा आफ्नो रुचि नरहने दावी गरे ।

उनले मुलुकमा अहिले वैचारिक बहस शून्य रहेको भन्दै वर्तमान अवस्थामा राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन र गतिहीन भएकाले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको बताए ।