बल्ल १९९३ मत खस्यो, मतगणना आजै

बल्ल १९९३ मत खस्यो, मतगणना आजै

काठमाडौ । नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयनका धमाधम मतदान भइरहेको छ । सोमबार दिउँसो साढे ११ बजेबाट सुरु भएको मतदान अहिले पनि जारी छ ।

मतदानका लागि ४ हजार ७४३ प्रतिनिधि भएकाले आधाले पनि मतदान गरिसकेका छैनन् । 

साँझ ५ बजेसम्मका लागि मतदान हुने तालिका भएपनि ५ बजेसम्म आधा प्रतिनिधिले पनि मतदान गर्न नपाएपछि मतदान समय राति ९ बजेसम्म हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । मतदान सकिएलगत्तै मतगणना हुने जनाइएको छ । 

सभापति देउवालाई नै मतदान गर्न झण्डै एक घण्टा लागेको थियो । उम्मेदवार धेरै र पद पनि धेरै भएकाले मतदान गर्न ढिलाई भएको भइरहेको घिमिरेको भनाई छ । 

एक सभापति, २ उपसभापति, १४ महामन्त्रीसहित १३४ पदको निर्वाचन हुने भए पनि दुईजना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएकाले १३२ पदका लागि साढे ४ सयभन्दा धेरै उम्मेदवार प्रतिष्पर्धामा छन् । उम्मेदवारहरु अझै पनि भोट माग्दै बसेका छन् । 

सभापतिमा ५ जनाको उम्मेदवारी रहेको छ । त्यस्तै उपसभाति र महामन्त्रीमा पनि ६÷६ जना उम्मेदवार रहेका छन् ।