शेखर कोइराला र रामचन्द्र पौडेलबीच भेटवार्ता

शेखर कोइराला र रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौं । रामचन्द्र पौडेलले पार्टीभित्र उत्पन्न परिस्थितिका कारण आफू निर्वाचन प्रक्रियामा अलग्गिने निर्णय गरे पनि सभापतिका उम्मेदवार डा। शेखर कोइरालालाई आफ्नो समर्थन रहने प्रष्ट पारेका छन् ।

आज विहान मतदान सुरु हुनुअघि शेखरसहितका नेताहरु पौडेल निवास बोहोराटार पुगेका थिए । भेटमा उनले नेतृत्व परिवर्तनको आवश्यकता रहेको हुनाले शेखरलाई जितको शुभकामना दिएका छन् ।

महाधिवेशन अन्तर्गतको नेतृत्व चयन प्रक्रियाबाट बाहिर रहने निर्णय गरेका पौडेलले मतदान पनि नगर्ने बताएका छन् । तर उनले पछिल्ला केहि दिनदेखि फैलाइएको अफवाहको पछि नलाग्न आग्रह गरेका हुन् ।