रामचन्द्र पौडेलका छोराले भने-'देउवालाई बुवाको समर्थन छैन'

रामचन्द्र पौडेलका छोराले भने-'देउवालाई बुवाको समर्थन छैन'

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा कुनै पनि प्यानललाई सहयोग नगर्ने भएका छन्।पौडेलका छोरा चिन्तन पौडेलले महाधिवेशनमा बुबा निष्पक्ष र तटस्थ रहने बताएका छन्। 

उनले सामाजिक सञ्जालमा लेख्दै विभिन्न सञ्चार माध्यममा आफ्ना बुबाले शेरबहादुर देउवालाई समर्थन गरेको समाचार आएको भन्दै त्यसको खण्डन गरेका छन्।

‘यो महाधिवेशनमा बुबा बिलकुलै निष्पक्ष र तटस्थ रहनुभएको छ‚’ चिन्तनले लेखेका छन्‚ ‘यस्ता गलत प्रचार नगर्न अनुरोध गर्दछु। जय नेपाल१ु कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।