सल्यान । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले नेकपा एमाले विस्तारै सकिँदै जाने दावी गरेका छन् । उनले आगामी चुनावमा नै एमाले कोल्याप्स हुने भन्दै लोभीपापीको पार्टी समूह विस्तारै सकिँदै जान थालेको धारणा व्यक्त गरे ।
समाजवादी प्रेस संगठन सल्यानले शुक्रबार खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले एमालेमा अहिले ओलीका दासहरू मात्र बाँकी रहेको बताए । एमालेमा आफूहरुले विद्रोह नगरेको भए कम्युनिष्ट पार्टी नै समाप्त हुने सम्भावना बढेर गएको बताए ।
एमालेले चुनाव जितेर मुलुकमा बबाल मात्रै मच्चाएको भन्दै ओलीको जस्तो बेठिक प्रवृत्तिलाई समाप्त गर्नुपर्ने बताए । उनले निर्वाचनमा सबै कम्युनिस्ट पार्टीसँग एकता र सहकार्य गरेर अगाडी बढ्ने तर एमालेसँग कुनै हालतमा एकता हुन नसक्ने दाबी गरे ।
ओलीकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन नै धरापमा पारेपछि त्यसलाई जोगाउन विद्रोह गर्नुपरेको धारणा व्यक्त गरे । उनले अबको मूल पार्टी एकीकृत समाजवादी नै हुने उनको दाबी गरे ।