कांग्रेस महाधिवेशन : बन्दसत्र सुरु, पौडेलपक्ष अनुपस्थित

कांग्रेस महाधिवेशन : बन्दसत्र सुरु, पौडेलपक्ष अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । आज दिउँसो भृकुटीमण्डपमा उद्घाटन सत्र सकिएसँगै बन्दसत्र सुरु भएको हो । 

निर्धारित समयभन्दा केही ढिला बन्दसत्र सुरु भएपनि अझै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने बन्दसत्रमा उपस्थित भएका छैनन् ।

पौडेल पक्षका शीर्ष नेता र केन्द्रीय सदस्यहरु बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड पार्टी प्यालेसमा छलफलमा जुटेका छन् । उनीहरु आफू निकटबाट सभापतिको उम्मेदवार टुंगो लगाउन बन्दसत्र छाडेर छलफलमा जुटेको हो बुझिएको छ ।  

प्रधानमन्त्री एवं सभापति बन्दसत्र स्थलमा प्रवेश गरेका छन् । बन्दसत्रमा शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला समूहका शीर्ष नेताहरु मात्रै छन् ।

बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी छन् । काँग्रेसको बन्दसत्रमा  ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन अधिकार छ ।