पार्टी चुनाव जित्न र सरकार चलाउन मात्रै होइन : गगन थापा

पार्टी चुनाव जित्न र सरकार चलाउन मात्रै होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी चुनाव जित्न र सरकार चलाउन मात्रै नभएको बताएका छन् । 

पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले यस्तो बताएका हुन् । उनले पार्टी चुनाव जित्न र सरकार चलाउन मात्रै भएको नठान्न आग्रह गरे ।

उनले २०७८ सालपछि  नेपाली कांग्रेसको कार्यदिशा ‘समुन्नत नेपाली, सम्माति नेपाली’ हुने बताएका छन् ।

कांग्रेसको महामन्त्री कुर्सीमा मात्र बस्ने नभई कांग्रेसको कार्यदिशाको प्रस्तावक पनि हुने बताए ।कुनै बेला गणेशमान सिंह, सूर्यप्रसाद श्रेष्ठ, गिरिजाप्रसाद कोइराला बसेको कुर्सी भएको भन्दै महामन्त्री कुर्सीमा बस्ने मात्र नभई पार्टीको लाइनको, कार्यदिशाको प्रस्तावक भएको बताए । 

उनले कांग्रेसले समुन्नत नेपाल र सम्मानित नेपाली कार्यदिशामा अघि बढेपछि पार्टी आफैं बलियो हुने र नागरिहरु पार्टीमा जोडिँदै जाने बताए । 

थापाले कांग्रेस राज्यमा गएर राज्यको शक्ति र स्रोत साधनको दोहोन गर्ने दोहोनकारी एजेन्सी भएको भन्दै  पार्टी एउटा मिसनसँग बाँधिएको बताए । उनले उनले कांग्रेसको ध्यय प्रत्येक नेपालीलाई सम्मुनत बनाउने भएको बताए ।