अभिताभ बच्चनको ‘डाइलोग’मा कमल थापाको टिकटक

अभिताभ बच्चनको ‘डाइलोग’मा कमल थापाको टिकटक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा पराजित भएपछि निवर्तमान अध्यक्ष कमल थापाले महाधिवेशनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहको ठाडो हस्तक्षेप भएको, यतिका समय राजसंस्था बोकेर हिड्नुको परिणाम पाएको जस्ता विभिन्न आरोपहरु लगाउँदै आएका छन् ।

तर आफू पराजित हुनुको दोष जति नै अरुलाई थोपरेपछि हार त स्वीकार्नु नै छ । थापाले हारलाई शक्तिमा बदल्ने भरपूर कोशिस गरिरहेका तन् । 

हिजो मात्रै एउटा हिन्दी गीतमा यात्रा जारी छ भनेर टिकटक भिडिओ बनाएका उनले आज फेरि अर्काे टिकटक सार्वजनिक गरेका छन् । बलिउड अभिनेता अमिताभ बच्चनको डाइलगमा थापाले टिकटक भिडियो बनाएका हुन् । 

आजको भिडिओ क्याप्सनमा लेखेका छन्, ‘हारेको छु, कदापि हराउने छैन । तिमी मलाई कतिन्जेल रोक्छौ ?’ उनले आफ्ना विभिन्न फोटोहरुलाई उक्त मिडियोमा समावेश गराएका छन् । 

राजेन्द्र लिङ्देन अध्यक्षमा भएपछि आज पार्टी  कार्यसमितिको पहिलो बैठक बस्यो । दुई पुर्व अध्यक्षहरु बैठकमा सहभागी भएपनि थापालाई भने खबर नै गरिएन । यही बेला थापाले यस्तो टिकटक भिडियो सार्वजनिक गरेका हुन् । 

भिडियाेमा 

https://fb.watch/9Mu8odT3Gm/