काँग्रेस महाधिवेशन : ६ बुँदे आचार संहिता सार्वजनिक, मतदानस्थलमा मोबाइल लान नपाइने

काँग्रेस महाधिवेशन : ६ बुँदे आचार संहिता सार्वजनिक, मतदानस्थलमा मोबाइल लान नपाइने

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनका लागि ६ बुँदे आचारसंहिता सार्वजनिक गरेको छ । निर्वाचन समितिले उम्मेदवार रहने केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि लगायत पार्टीका शुभेच्छुक तथा समर्थकहरूका लागि सो आचारसंहिता सार्वजनिक गरेको हो । 

जसअनुसार उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपील विवरणमा गर्न सकिनेछ । कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्नेगरी प्रचार–प्रसार गर्न पाइने छैन । मर्यादित, मंयमित र अनुशासित भई निर्वाचन प्रचार प्रसार गर्नुपर्नेछ र 

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुर र राष्ट्रिय सभागृह/भृकुटीमण्डप, प्रदर्शनीमार्ग यी दुई स्थान पार्टीका महाधिवेशनस्थलसँग सम्बन्धित भएकाले उक्त स्थान वरिपरि ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामग्री : व्यान, भित्तेलेखन, पोष्टर, तुल, पम्प्लेट इत्यादी टाँस्न वा माइकिङ गर्न मनाही गरिएको छ । त्यस्तै मतदानस्थलभित्र प्रवेश गर्दा मोवाइल फोन लिएर जान पाइने छैन ।