काठमाडौं । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।
उनले २४८ मत मात्रै ल्याए । सिंहसँगै उनी पक्षका कार्यकर्ताहरू पनि क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उक्त क्षेत्रमा सभापति शेरबहादुर देउवानिकट नेता तथा कार्यकर्ताले अधिवेशन जितेका छन् ।
सर्लाहीमा क्रियाशील सदस्यताको फारम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेको सिंहले आरोप लगाएका थिए । सिंह कांग्रेसमा नेता शेखर कोइरालानिकट मानिन्छन् ।