काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औँ महाधिवेशनका विषयमा आफूनिकट नेताहरूसित छलफल गर्दै छन् । पुनः सभापतिमा उठ्ने तयारीमा रहेका देउवाले पदाधिकारीका विषयमा छलफल गर्न लागेका हुन् । त्यसका लागि देउवाले बूढानीलकण्ठस्थित निवासमा आज बिहान ९ बजे आफूनिकट नेताहरूलाई बोलाएका छन् ।
छलफलपछि पदाधिकारीसहितका उमदेवारको टुंगो लगाउने तयारी रहेको बताइएको छ । विभिन्न पदमा आकांक्षी धेरै हुँदा देउवालाई आफ्नो टिम तयार गर्न सकस परेको छ । कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।
महाधिवेशनमा छुट्टाछुट्टै प्यानलसहित प्रतिस्पर्धा गर्ने संस्थापन र संस्थापनइतर समूहको तयारी छ । दुबै समूहले आजै प्यानल घोषणा गर्ने चयारी गरिरहेका छन् ।