माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा, शक्ति प्रदर्शन नगर्ने

माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा, शक्ति प्रदर्शन नगर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलनमा शक्ति प्रदर्शन नगरेर नीतिगत छलफलमा केन्द्रित गर्ने जनाएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई शक्ति प्रदर्शन भन्दा पनि पार्टीको आगामी मार्गदर्शन र नीति निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको हो ।

पार्टीको वडा सम्मेलन सम्पन्न भइसकेको अवस्थामा बैठकले राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाण्डौको प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ । सम्मेलनमा १ हजार ६०० देखि २ हजारसम्म प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ। ३ दिनसम्म चल्ने सम्मेलनले पार्टीको आगामी नीति पारित गर्ने जनाइएको छ । 

बैठकले अधिवेशन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । महराका अनुसार कतिपय पालिकामा अधिवेशन स्थगित भए पनि आज÷भोलि नै सबै सकिने पनि बताए । 

हालसम्म माओवादी केन्द्रको सदस्यता सङ्ख्या सात लाख ६ हजार पाँच सय पुगेको भन्दै यो संख्या थपिएर आठ लाख पुग्ने अनुमान गरिएको जानकारी दिए ।