राप्रपा महाधिवेशन : लिङ्देन र थापाको छुट्टाछुट्टै प्यानल, कुन पदमा क–कसको उम्मेदवार ?

राप्रपा महाधिवेशन : लिङ्देन र थापाको छुट्टाछुट्टै प्यानल, कुन पदमा क–कसको उम्मेदवार ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । राप्रपाको नयाँ नेतृत्वका लागि राजेन्द्र लिङदेन र कमल थापा बीच प्रतिष्पर्धा हुँदैछ । 

लिंदेन र थापाले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगोसमेत लगाईसकेका छन् । थापा प्यानलबाट उपाध्यक्ष पदमा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधानले उम्मेदवारी दिँदैछन् ।

त्यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार बन्दैछन् । महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही उठ्ने भएका हुन् । 

त्यस्तै लिङ्देन प्यानलबाट उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ लड्दैछन् भने महामन्त्रीमा डा. धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको स्रोतले बताएको छ । 

त्यस्तै दुवै पक्षले नेता विक्रम पाण्डेको नाम भने उपाध्यक्ष पदका लागि राखेको छ ।