रेखा थापा राप्रपाकाे महामन्त्रीमा उठ्ने

रेखा थापा राप्रपाकाे महामन्त्रीमा उठ्ने

काठमाडौं । अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेता रेखा थापा पार्टीको महामन्त्रीमा उठ्ने भएकी छिन् । राप्रपाको आजबाट सुरु भएको एकता महाधिवेशनमा उनले महामन्त्रीमा लड्ने तयारी गरेको बुझिएको छ । 

काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी रेखाले राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिने तयारीमा छन् । रेखाले भने यसबारे औपचारिक धारणा राखेकी छैनिन् । 

राप्रपामा अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री समेत रहेका सांसद राजेन्द्र लिङ्देन अध्यक्ष पदमा उठ्ने तयारीमा छन् ।

आजै बेलुकाबाट बन्दसत्रको कार्यक्रम हुने तय भएको छ । उम्मदेवारी मनोनयन, दर्ता र निर्वाचनलगायतका कार्यक्रम भने बिहीबार हुनेछ । 

राप्रपामा १ जना महिलासहित ३ महामन्त्रीको व्यवस्था छ । लिङ्देन प्यानलबाट धवल शमशेर जबरा पनि महामन्त्रीका दाबेदार हुन् ।

हाल तीन अध्यक्ष रहेको राप्रपामा महाधिवेशनले एकल अध्यक्ष स्थापित गर्नेछ । प्रतिष्पर्धामा थापा र लिङ्देन उत्रिएका छन् । पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले भने चुनाव नलड्ने घोषणा गरेका छन् ।