राप्रपा महाधिवेशनमा प्रचण्ड र सीपी मैनालीको जुहारी

राप्रपा महाधिवेशनमा प्रचण्ड र सीपी मैनालीको जुहारी

काठमाडौं । राप्रपाको महाधिवेशनमा अतिथिको रुपमा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मालेका महासचिव सीपी मैनालीबीच जुहारी चलेको छ ।

बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित आयोजित सभालाई सम्बोधन गर्ने क्रममा महासचिव मैनालीले राजा महेन्द्रलाई राष्ट्रवादी नेता भएको भन्दै २०४६ सालको परिवर्तन पनि अवाञ्छित वाह्य प्रभाव र हस्तक्षेपसहितको परिवर्तन र प्रचण्ड नेतृत्वले २०६३ सालमा गरेको परिवतृनमा पनि अवाञ्छित वाह्य प्रभाव र हस्तक्षेप ल्यायो बताएका थिए ।

प्रचण्डले मैनालीको उक्त कुराको टिप्पणी गरेका थिए । उनले मैनालीलाई कटाक्ष गर्दै राप्रपाको अध्यक्षले जस्तो बोलेको भने । प्रचण्डले मैनालीलाई राप्रपाको अध्यक्ष हुने तयारी गरेको भन्दै व्यंग्य गरेका छन् ।

राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने (झापा बिद्रोह) सुरुवात गरेका मैनानलीले महेन्द्रलाई महान राजा भनेको सुन्दा अनौठो लागेको प्रचण्डले बताए । प्रचण्डले भने, ‘मलाई लाग्यो, उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुन्छ क्यारे । साँच्चै त्यसो हो भने सीपीजीलाई बधाई छ ।’

अध्यक्ष दाहालले विचारमा मतभिन्नता हुँदाहुँदै अराजकता अन्त्य होस्, राजनीतिक स्थिरता नहोस् भनेर संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन भूमिका खेलेको भन्दै प्रचण्डले राप्रपाको प्रशंसा समेत गरे ।