मेस्सीले सातौंपटक जिते बालोन डि ओर

मेस्सीले सातौंपटक जिते बालोन डि ओर

काठमाडौं । अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन्। सोमबार राति स्टार खेलाडी लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन्।

मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डीुओर अवार्ड जितेका हुन्। उनले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए। मेस्सीले रोबर्ट लेवान्डोस्की र जर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन्। मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बने। मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए।

म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डो छैटौँ स्थानमा रहे। रोनल्डोले यो अवार्ड पाँच पटक जितेका छन्।