नेपाली कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पछि धकेलियाे

नेपाली कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पछि धकेलियाे

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन २ दिन ढिला हुने भएको छ । 

पार्टीका विशिष्ट नेतृत्वबीच सोमबार भएको छलफलपछि प्रदेश अधिवेशन दुई दिन ढिला हुने भएको छ । मंसीर १६ र १७ हुने भनिएको प्रदेश अधिवेशन दुई दिन पर धकेलिएको हो । 

आज बसेको सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाबीचको छलफल पछि यस्तो निर्णय आएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । 

छलफलपछि प्रदेश अधिवेशन मंसिर १८ र १९ गतेका लागि तय भएको छ । 

कांग्रेसले १४ औँ महाधिवेशन आगामी मंसिर २४ देखि २६ सम्म गर्दैछ ।