चितवन । नेकपा (एमाले)को केन्द्रीय सदस्य पद अस्वीकार गरेका नेता लालबाबु पण्डित काठमाडौं फर्किएका छन् ।
पदाधिकारीको आकांक्षी रहेका पण्डितलाई अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि प्रस्ताव गरेको सूचीमा केन्द्रीय सदस्यमा राखेपछि असन्तुष्ट जनाएका हुन् ।
अब प्रतिष्पर्धामा पदाधिकारी जान लागेपनि उनी भने मतदान नै नगरी काठमाडौं फर्किएका छन् ।
उनले आज विहान सामाजिक सञ्जालमार्फत सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
यतिबेला भने उनी काठमाडौं फर्किने तयारीमा छन् । महाधिवेशनका लागि आफ्नो जिम्मेवारी सकिएको भन्दै काठमाडौं फर्किन लागेको जानकारी दिएका छन् । सर्वसम्मत गर्ने भनिएकोमा त्यो असफल भएपछि उनी भोट नै नहाली महाधिवेशन स्थलबाट बाहिरिएका हुन् ।