काठमाडौंमा सबुज बानियाँकाे प्यानल नै विजयी

काठमाडौंमा सबुज बानियाँकाे प्यानल नै विजयी

काठमाडौं ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला समितिमा प्रकाशमान सिंह र गगन थापाको समूह विजयी भएको छ । यो समूहको प्यानल नै विजयी भएको छ । 

सभापतिमा सबुज कृष्ण बानियाँ एक हजार ९५७ मत ल्याएर विजयी भएका हुन् ।

उपसभापतिमा गोकर्ण केसी १ हजार ९२२ मत पाएर विजयी हुँदा सचिवमा इन्द्र बहादुर थापा १ हजार ९१५ मत पाएर विजयी भएका छन् । सहसचिवमा अमिता प्रधान दुई हजार ६६ मत ल्याएर विजयी भएकी छिन् ।