एमाले बन्दशत्रमै ओली र रावलबीच कटाक्ष

एमाले बन्दशत्रमै ओली र रावलबीच कटाक्ष

सौरहा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच सवाल(जवाफ भएको छ । शनिबार चितवनको सौराहस्थित होटेल सेभेन स्टारमा भएको बन्दसत्रको हलले पदाधिकारी र केन्द्रीय सदस्यको नाम छान्ने अधिकार अध्यक्ष ओलीलाई दिने प्रस्ताव पारित गरेपछि रावलले आफूलाई मान्य नहुने बताएका थिए । उमेदवारी दिनबाट पछि नहट्ने उनले बताएका थिए ।

जवाफमा ओलीले मनोनयन नै नदिई कसरी फिर्ता हुन्छ रु भन्दै कटाक्ष गरे । “भीम रावलजीले म अध्यक्षमा उठ्छु उठ्छु, म फिर्ता लिन्नँ । मनोनयन नै गर्नुभएको छैन । कहाँ फिर्ता गर्नुहुन्छ अहिल्यै रु मनोनयन गरेपछि फिर्ता लिनेरनलिने गर्नुहोला,” ओलीले भने ।

उनले रावलले उमेदवारी दिए पनि अरू कसैले उमेदवारी नदिए कसरी चुनाव लड्ने ? भन्दै प्रश्न पनि गरे । उनले भने, “सहमति हुन सक्दैन भन्ने कुरा पनि होइन । सहमति नभए चुनाव हुन सक्दैन भन्ने पनि होइन । हामीले उन्नतस्तरको समझदारी गर्नुपर्छ ।

अध्यक्ष ओलीले सहमति नभए चुनाव हुने पनि बताए । “निर्वाचनको सारा प्रक्रियामा हरेकले उमेदवारी मनोनयन गर्नैपर्छ, त्यसमा सहमति हुन सक्दछ । जो लड्छु भन्छ उसको अधिकार खोस्ने कुरा पनि भएन । कुनै समस्या छैन, कसैको अधिकार खोसिँदैन,” ओलीले बन्दसत्रमा भने ।