नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने निधिको घोषणा

नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिने निधिको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

आज बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा तथा प्रतिवद्धता पत्र सार्वजनिक गर्दै निधिले यस्तो घोषणा गरेका हुन् ।

उनले यही मंसिर २१ गते सभापति पदका लागि लागि मनोनयन दर्ता गर्ने बताए । उनले भने, ‘म २१ गते उम्मेदवारी मनोनयन दर्ता गर्छु, १३ औं महाधिवेशनमा उठ्नुभएका नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला यसपालि नउठिदिए राम्रो ।’

ती नेताहरुले यसपाली उम्मेदवारी नदिए सर्वाेच्च नेताका रुपमा मान्ने र उनीहरुको भनाई बमोजिम पार्टी चलाउने समेत बताए ।  नेता निधिले पार्टीमा नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणका एजेन्डासमेत प्राथमिकताका साथ अगाडि सारेका छन् ।

निधिले आफ्नो पक्षमा ७७ जिल्लाबाट नै महाधिवेशन प्रतिनिधि आउने दाबी गर्दै उम्मेदवारी फिर्ता नलिने बताए । 

नेता निधीले आफूले सभापतिमा उम्मेदवारी दिने र सभापतिदेखि वरिष्ठ नेताहरूले समेत आफूलाई समर्थन गर्दा राम्रो हुने धारणा व्यक्त गरे । 

कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्दैछ।