नेपाली महिला टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

नेपाली महिला टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । पहिलो पटक आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने लक्ष्यसहित दुबई गएको नेपाली महिला टोलीले आज तेस्रो खेल कुवेतविरुद्ध खेल्दैछ । 

पहिलो खेलमै हङकङसँग ६ विकेटले पराजित भएपछि नेपालको ग्लोबल क्वालिफायर खेल्ने सम्भावना धुमिल बनेको थियो । तर, हङकङ पनि दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स ९यूएई०सँग ११ रनले पराजित भएपछि नेपालको सम्भावना पनि बढेको छ । तर, नेपालले अब बाँकी सबै खेल जित्नुपर्नेछ । नेपालले अब कुवेत, मलेसिया र यूएईविरुद्ध खेल्ने छ । 

प्रतियोगितामा सहभागी ६ टोलीमध्ये पहिलो दुबै खेल हार्ने कुवेत एकमात्र टोली हो । कुवेत भुटानसँग ४० तथा मलेसियासँग ८१ रनले पराजित भएको थियो । पहिलो खेलमा पराजित नेपालले भने दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । नेपालले आज कुवेतसँग आईसीसी एकेडेमीको ग्राउण्ड ‘एक’ मा प्रतिस्पर्धा गर्नेछ । आजै अन्य खेलमा हङकङले मलेसिया र यूएईले भुटानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।