किशोरी बलात्कार आरोपमा सेनाका हवल्दार पक्राउ

किशोरी बलात्कार आरोपमा सेनाका हवल्दार पक्राउ

काठमाडौं । १३ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा नेपाली सेनाका एक हवल्दार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुर घर भइ हाल ललितपुरको लेलेस्थित सैनिक ब्यारेकमा कार्यरत हवल्दार ३६ वर्षीय गोविन्द सिंह विष्ट रहेका छन् । उनले रामेछाप घर भई हाल लगनखेल बस्ने ती किशोरीलाई गत कात्तिक ३० गते कोटेश्वरस्थित एक होटेलको कोठामा लगेर बलात्कार गरेको आरोप छ ।

विष्टमाथि परेको किटानी जाहेरीका आधारमा प्रहरीको अपराध महाशाखाले बुधबार साँझ पक्राउ गरेको हो । उनलाई हाल महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको अपराध महाशाखाले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।