चुनावसम्म देशभरका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्छाैं : प्रचण्ड

चुनावसम्म देशभरका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्छाैं : प्रचण्ड

गोदावरी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका काम भइरहेको बताएका छन् ।

कैलालीको बर्दगोरिया गाउँपालिकामा आयोजितकार्यक्रमलाई संबोधन गर्दै गरिब, भूमिहीन सुकुम्बासीको दिगोरूपमा समस्या समाधानका रुपमा काम अघि बढेको बताए ।

उनले भूमिहीनलाई लालपुर्जा वितरण गर्ने काम सुरु भइसकेको भन्दै आगामी चुनावसम्म देशभरका सुकुम्बासीलाई लालपुर्जा दिने घोषणा गरे । 

उनले गणतन्त्र र सङ्घीयताविरुद्ध केही तत्व सडकमा सल्बलाउन खोजेको भन्दै आवश्यक परे फेरि विद्रोह गर्ने चेतावनी पनि दिए ।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको भन्दै जनताको अधिकार, संविधान र न्याय खोस्न खोज्नेविरुद्ध फेरि अर्को लडाईं लड्नुपरे आफू तयार रहेको बताए ।