न्यायिक क्षेत्रमा क्यान्सर भइसकेकाे छ, गठबन्धन सरकार झारफुक गर्दैछन् : ओली

न्यायिक क्षेत्रमा क्यान्सर भइसकेकाे छ, गठबन्धन सरकार झारफुक गर्दैछन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालको न्यायलयमा देखिएको विवादबारे ५ दलीय गठवन्धन र सरकार असफल भएको टिप्पणी गरेका छन् । 

 बुधबार युवा संघ नेपालको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले न्याय क्षेत्रमा क्यान्सर देखिएको भन्दै गठबन्धन सरकार झाफुक गर्दै बसेको टिप्पणी गरे । उनले न्याय क्षेत्रलाई अहिले अप्रेसन र किमोको आवश्यकता परेको औल्याएका छन् । 

ओलीले न्याय क्षेत्रमा देखिएको विवाद भनेको ५ दलको कानुनी क्षेत्रको रिफ्लेक्सन भएको दावी गरे । उनले अहिले सर्वोच्च अदालतमा देखा परेको समस्या न्यायालयको छटपटी नभई ५ दलीय गठवन्धनको छटपटी भइको तर्क गरे । 

त्यस्तै अब काँग्रेस र प्रचण्डको पछि लागेर देश नबन्ने भन्दै एमालेको पक्षमा आउन आह्वानसमेत गरे । काँग्रेस नीतिमा र विचारमा बुढो भइसकेको भन्दै प्रचण्ड र माधवको हात समातेर अघि बढेको तर्क गरे । 

माधवकुमार नेपालप्रति लक्षित गर्दै उनले जसलाई १५ वर्ष पार्टीको प्रमुख बनाइयो, यही पार्टीबाट प्रधानमन्त्री समेत भएका मान्छे त्यही पार्टी फुटाएर पछाडिको ढोकाबाट काँग्रेसको प्रधानमन्त्री बनाउन भोट दिएको भन्दै यस्ताको पछि लागेर देश नबन्ने प्रष्ट पारे ।