भक्तपुर । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् युवा नेता महेश बस्नेतले सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुन लागेको पार्टीको १० औँ महाधिवेशनमा नेता बस्नेतले सचिव पदका लागि उम्मेदारी घोषणा गरेका हुन् ।
आज भक्तपुरको मध्यपुरथिमि सम्पर्क कार्यालयमा पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मीमा सो उम्मेदवारी दिने घोषणा गरेका छन् ।
देशभरिका कार्यकर्ताको मनोभावनाको उच्च सम्मान गर्दै पार्टी र देशका लागि आफूले निर्वाह गरेको भूमिका र पार्टीमा युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रूपमा युवाहरुलाई परिचालन गर्नका लागि पनि आफूले सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको समेत बताए ।