पार्टीको केन्द्रीय कार्यालयबाट उम्मेदवारी घोषणा गर्न दिइएन : भीम रावलले

पार्टीको केन्द्रीय कार्यालयबाट उम्मेदवारी घोषणा गर्न दिइएन : भीम रावलले

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष डा. भीम रावलले पार्टीको आगामी १० औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले चितवनमा हुने लागेको १० औं महाधिवेशनमा अध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले यस्तो घोषणा गरेका हुन् । थापाथलीस्थित पार्टीको केन्द्रिय कार्यालयबाट उम्मेदवारी दिने योजना भएपनि यो हुन नसकेको बताए । उनले भने, ‘मैले पार्टीको केन्द्रीय कार्यालय थापाथलीबाट उम्मेदवारी घोषणा गर्न चाहेको थिए ।

तर, महासचिवबाट महाधिवेशनको व्यस्तताका कारण त्यहाँका कुनै कक्ष पनि खाली छैनन् भन्ने जानकारी पाएँ । त्यसैले मैले रिपोर्टस क्लबबाट उम्मेदवारी दिएको हुँ ।’ 

राजनीति दलहरू मतभेद र फुटको विचलनमा फसिरहेको उनको भनाइ छ । दलहरू जनताको मुद्दामा केन्द्रीत हुनुपर्नेमा आन्तरिक विवादमा फर्किरहेको बताए । 

पार्टीभित्र १० बुँदे सहमति, १२ बुँदे अन्तरपार्टी निर्देशन लागू नहुँदा अविश्वास पैदा भएको उनको भनाइ छ । नेकपा एमाले आन्तरिक रूपमा विभिन्न समस्याको सामना गरिरहेको बेला देशभित्र आन्तरिक र बाह्य शक्ति सक्रिय भइरहेको उनको भनाइ छ ।