कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने

कर्णाली प्रदेशका  मुख्यमन्त्री शाहीले मंसिर १४ गते विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसीर १४ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहीको विश्वासको मत प्रायोजनका लागि १४ गते प्रदेशसभाको बैठक डाकिएको छ । 

मुख्यमन्त्रीलाई विश्वासको मत लिने प्रायोजनका लागि प्रदेश प्रमुख तिलक परियारले मंसिर १४ गते प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् । 

प्रदेशसभाको बैठकमा सम्पूर्ण सदस्यहरुलाई उपस्थितीका लागि सूचित गरिएको सचिवालयले जनाएको छ । 

ृउनले मुख्यमन्त्रीमा नियुक्त भएको झण्डै एक महिनापछि विश्वासको मत लिन लागेका हुन् । 

शाही १६ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । शाही मन्त्री नियुक्त भए पनि सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाडका विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् ।