अदालतलाई युद्ध मैदान बनाइयो : बार

अदालतलाई युद्ध मैदान बनाइयो : बार

काठमाडौं । सर्वाेच्चको परिसरमा आज भएको वकिलहरूको आन्दोलनमा दंगा लगाएर हस्तक्षेप गरिएको नेपाल बार एसोसिएसनको ठहर छ ।

बिहीबार नेपाल बारले गरेको आकस्मिक पत्रकार सम्मेलनमा उपाध्यक्ष ईश्वरी भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने आफूहरुको पूर्वनिर्धारित कार्यक्रम रहेको भन्दै दंगा प्रहरी लगाएर हस्तक्षेप गरेप्रति आपत्ति जनाएका छन् । एसएलआरसहित प्रहरी परिचालन गरेर सर्वोच्च अदालतलाई नै युद्धमैदान जस्ता बनाएको टिप्पणी गरे । 

मा उनले सर्वोच्च अदालत परिसरमा दंगा प्रहरी परिचालन गरी आफूहरूमाथि आक्रमण गरिएको टिप्पणी गरे । अदालत परिसरलाई युद्ध मैदान बनाउन अनुमति दिने प्रधानन्यायाधीश र अदालत प्रशासनको यस्तो गलत हर्कतले आफूहरु स्तब्ध भएको टिप्पणी गरे ।