बार परिसरमा वकिलहरुलाई धम्की : आन्दोलन राेक, अन्यथा जुत्ताले हान्छाैं

बार परिसरमा वकिलहरुलाई धम्की : आन्दोलन राेक, अन्यथा जुत्ताले हान्छाैं

काठमाडौँ । नेपाल बार एसोसियसनको परिसरभित्र आएका आधा दर्जन युवाहरुले वकिलहरु आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबोल्न भन्दै धम्की दिएका थिए । उनीहरुमध्ये एक जनाले वकिलहरुले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरी कुट्ने सम्मको धम्की दिएका छन् । 

अश्लिल शब्द बोल्दै ‘कालो कोट च्यातिदिन्छौँ’ भनेर धम्की दिएपछि परिसरमा तनाव उत्‍पन्‍न भएको थियो । त्यसपछि वकिलहरुले प्रतिकार गर्दा त्यहाँ केहीसमय तनावको स्थिती सिर्जना भएको थियो ।

वकिलहरुको प्रतिकारपछि ती युवाहरु बाहिरिएका थिए । घटनापछि प्रहरी प्रहरीको एउटा टोली पुगेको थियो । अहिले बारमा सुरक्षा व्यवस्था कडा गरिएको छ । परिचयपत्र नभइ बार प्रवेश गर्न  निषेध गरिएको छ ।