नेपाली कांग्रेस ओलीको विरुद्धमा छैन : मन्त्री रिजाल

नेपाली कांग्रेस ओलीको विरुद्धमा छैन : मन्त्री रिजाल

मोरङ । नेपाल सरकारका रक्षा मन्त्री एवं नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टी एमाले अध्यक्ष केपी ओलीलाई एक्लाउने पक्षमा नरहेको बताएका छन् । 

नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री रिजालले नेपाली कांग्रेस कुनै दल विशेषलाई एक्लाउने वा समर्थन गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।

उनले नेकपा एमाले सर्वसत्तावादतर्फ उन्मुख भएकोले संविधानको रक्षाका लागि गठबन्धन सरकारमा सामेल भएको स्पष्ट पारे । केही दिनअघि नेकपा माओवाद केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारको गठबन्धन चुनावसम्म कायम रहने भन्ने कुराको खण्डन गर्दै मन्त्री रिजालले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले अहिलेसम्म एमाले सरकार भइरहेको भए वर्तमान संविधान जीवित नरहने धारणा व्यक्त गर्दै भने, ‘कम्युनिष्टहरु नै संविधानमाथि आक्रमण गर्न थालेपछि लोकतन्त्रको रक्षाका लागि कांग्रेसले सरकारमा सहभागीता जनाएको हो ।’ 

कार्यक्रममा मन्त्री रिजालले गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा गर्दै उनी विश्वभर नै उच्च राजनीतिक छवि बनाएर अस्ताएको बताए ।