ईङवाले १९ लाख ६० हजार कित्ता आईपीओ जारी गर्दै

ईङवाले १९ लाख ६० हजार कित्ता आईपीओ जारी गर्दै

काठमाडौं । शेयर बजारमा नयाँ नयाँ कम्पनीहरुले प्राथमिक शेयर (आईपीओ) ल्याउने क्रम जारी छ । तर जति भर्दा पनि आईपीओ नपरेर दिक्क भएकाहरुका लागि अर्काे कम्पनीले ठूलो एकै पटक १९ लाख बढी कित्ता आईपीओ जारी गर्न लागेकाे छ । 

ईङवा हाइड्रोपावरले सर्वसाधारणका लागि १९ लाख ६० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । 

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको थापाथलीमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक श्री सतिश न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँ दरले उक्त आईपीओ निष्कासन गर्न लागेको हो । ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लामा ९.७ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।