बैंक लुट्ने योजना बनाइरहेका २५ जना ब्राजिल प्रहरीद्वारा मारिए

बैंक लुट्ने योजना बनाइरहेका २५ जना ब्राजिल प्रहरीद्वारा मारिए

एजेन्सी । ब्राजिलमा बैंक लुट्ने योजना बनाईरहेका २५ जनालाई प्रहरीले गाेली हानी हत्या गरेकाे छ । देशको दक्षिण पूर्वमा पर्ने मिनास गेराइस राज्यमा बैंक चोरीका आरोपितहरूले चोरीको तयारी गरिरहेका बेला आइतबार ब्राजिल प्रहरीले गोली चलाएको थियो ।

त्यहाँ केहीबेर भिडन्त समेत भएकाे थियाे । ठूलाे संख्यामा भएका प्रहरीकाे आक्रमणमा गाेली लागी २५ लुटेराकाे ज्यान गएकाे छ ।

आरोपितहरूलाई रियो द जेनेरियो सहरबाट करिब ३४५ किलोमिटर उत्तरपश्चिममा पर्ने भर्जिनहा सहरका दुई फार्महाउसमा मारिएको स्थानीय पत्रिका ओ टेम्पोलाई उदृत गर्दै द गार्जिएनले जनाएको छ । 

घटनास्थलबाट प्रहरीले विष्फोटक पदार्थ, बुलेटप्रुफ भेस्ट तथा ५०–क्यालिबर मेसिन गनजस्ता अत्याधुनिक हतियार बरामद गरेको जनाएको छ । त्यस्तै राइफल, ग्रिनेड तथा चोरीका गाडीहरू समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरुले बैंक लुटेपछि प्रहरीबाट बच्नका लागि चोरी गरेका गाडीहरूमा आगजनी गरेर सडक अवरुद्ध गर्ने गरेको पनि प्रहरीको भनाई छ । उनीहरु स्थानीय बैंक लुट्ने योजना बनाइरहेको प्रहरीले जनाएको छ । 

गत अगस्ट ब्राजिलमा तथा सन् २०२० को डिसेम्बरमा पनि हतियारधारी समूहले बैंकमा आक्रमण गरेका थिए ।  ब्राजिलमा विशेष योजना बनाएर अत्याधुनिक हतियारसहित बैंक लुट्ने घटना बढ्दो छ ।