ओलीले अदालतलाई बदनाम गर्न खोजे, महाअभियोगबारे छलफल भएको छैन : माधव नेपाल

ओलीले अदालतलाई बदनाम गर्न खोजे, महाअभियोगबारे छलफल भएको छैन : माधव नेपाल

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने, नलगाउने बारे गठबन्धनमा कुनै छलफल नभएको बताएका छन्। 

एमाले विभाजनपछि पहिलो पटक सुदूरपश्चिम आएका नेता नेपालले धनगढी विमानस्थलमा पत्रकारसँग यस्तो बताएका हुन्। उनले अदालत र न्यायालय स्वतन्त्र रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतलाई बदनाम गर्न खोजेको आरोप लगाए। 

यस्तै उनले तत्काल आफू कसैसँग पनि एकता नगर्ने तर निर्वाचनमा अरू पार्टीसँग तालमेल भने गर्ने बताए। नेपालले पाँच दलीय सत्ता गठबन्धनले आगामी चुनावसम्म नै निरन्तरता पाउने बताए।