पाँचथर दुर्घटना : दुईको मृत्यु, अस्पताल लैजान एम्बुलेन्स अभाव

पाँचथर दुर्घटना : दुईको मृत्यु, अस्पताल लैजान एम्बुलेन्स अभाव

पाँचथर । पाँचथरको फिदिममा आज भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ । घटनामा अन्य ६२ जना घाइते भएका छन् । 

पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बर बस सोमबार दिउँसो फिदिम नगरपालिका–४ सरखण्डेमा दुर्घटना भएको हो ।

घटनामा गम्भिर घाइते भएकामध्ये समर्पित अस्पतालमा पुर्याइएका एक बालक र एक महिलाको ज्यान गएको जिप्रका पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । उनीहरूको सनाखत भएको छैन । 

घाइतेमध्ये जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचार भइरहेको र अन्यत्र रिफर गर्नका लागि तत्काल एम्बुलेन्स अभाव भएकाले समस्या भएका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार जिल्ला अस्पतालमा १० जनाको उपचार भइरहेकोमा उनीहरुलाई पनि थप उपचाका  लागि अन्यन्त्र पठाउनुपर्नेमा समस्या भएको बताए । 

घाइतेमध्ये १५ जना बालबालिको प्रहरीले जनाएको छ ।