नेपाली फुटबल टोली स्वदेश फर्कियो, स्वागतका लागि खेलकुदमन्त्री पुगे विमानस्थलमा

नेपाली फुटबल टोली स्वदेश फर्कियो, स्वागतका लागि खेलकुदमन्त्री पुगे विमानस्थलमा

काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए ।

उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । यद्दपी नेपाल फाइनलमा पुग्नुमै इतिहास कायम भएको थियो ।