आर्यन खानले सेवन गरेको लागूपदार्थ नेपालको बाटो हुँदै पुग्थ्यो भारत

आर्यन खानले सेवन गरेको लागूपदार्थ नेपालको बाटो हुँदै पुग्थ्यो भारत

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागूपदार्थ सेवनको मुद्दा परी जेलमा छन् । उनले सेवन गरेको लागूपदार्थको कनेक्सन बिहारको मोतिहारीसँग जोडिएको पाइएपछि नार्कोटिक्स कन्ट्रोल ब्यूरोको एक टोली मोतिहारी पुगेको छ । नेपालको सीमा पार गरी तस्करहरूले बिहारमा लागूपदार्थ लैजाने र त्यहाँबाट मुम्बई पुर्‍याउने गरेको बुझिएको छ । 

एनसीबीको टोलीले विभिन्न व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ र सात दिनका लागि उनीहरूलाई मुम्बई पनि लग्नेछ । आर्यन खानसँगै जेलमा रहेका तस्कर विजय वंशी प्रसादका एक नातेदार मोतिहारी जेलमा थुनिएका छन् । त्यसबाट मोतिहारी कनेक्सन पत्ता लागेको हो । 

नेपालको बाटो हुँदै मोतिहारीसम्म कारमा लागूपदार्थ तस्करी हुने र सडकमार्गबाटै मुम्बई पुर्‍याइने गरेको जानकारी छ । सन् २०२० को सेप्टेम्बर १९ मा मुजफ्फरपुर नगर थानाको प्रहरीले सरैयागंज र बालूघाटबाट ६ जना अनि मोतिहारीको चकिया प्रहरीले चकियाबाट उस्मान र विजय वंशीलाई ठूलो परिणामको गाँजाका साथ पक्राउ गरेको थियो ।