कोरोना अपडेटः ७९२ नयाँ संक्रमित थपिए, एकै दिन १४ को मृत्यु

कोरोना अपडेटः ७९२ नयाँ संक्रमित थपिए, एकै दिन १४ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ६० पीसीआर परीक्षणबाट ६९१ जनामा र २ हजार ५५९ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३ हजार ५५२ पुगेको छ ।

त्यस्तै सोही समयमा देशभर ९१० जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७७ हजार ७४१ रहेको छ । 

नेपालमा कोरोना संक्रमणबाट आज एकै दिन १४ जनाले ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ । 

२४ घण्टामा खोप लगाएकाको संख्या ६९ हजार ८२४ रहेको छ ।