दोहोरो अंकले घट्यो सेयर बजार, ४ अर्ब २९ करोडको कारोबार

दोहोरो अंकले घट्यो सेयर बजार, ४ अर्ब २९ करोडको कारोबार

काठमाडौँ। शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ११ दशमलव ९० अङ्कले घटेर २५८७.२५ विन्दुमा बन्द भएको छ।

बजारमा आज कारोबारमा आएका कम्पनीहरूमध्ये अधिकांशको सेयर मूल्यमा गिरावट आउँदा बजार रातो देखिएको छ। तथ्याङ्क अनुसार आज ६१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

आज दिनभरिमा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने कुल १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच भएका छन्। आज कुल ४३ हजार ६८५ पटकको कारोबारमा ३५६ वटा स्क्रिप्सहरू समेटिएका छन्।

अधिकांश उपसमूहहरूमा गिरावट देखिएको छ। सबैभन्दा बढी गिरावट म्यानिफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहमा सबैभन्दा धेरै गिरावट छ। त्यसैगरी, लाइफ इन्स्योरेन्स, डेभलपमेन्ट बैंक र हाइड्रोपावर समूहमा पनि उल्लेखनीय गिरावट आएको छ। आजको बजारमा एनएमबी र सिद्धार्थ बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने सिन्धु विकास बैंकका लगानीकर्ताले सर्वाधिक ८.५५ प्रतिशत गुमाएका छन्।

छुटाउनुभयो कि ?