मालीमा आतङ्ककारी हमला, सैनिकसहित डेढ दर्जनको मृत्यु

मालीमा आतङ्ककारी हमला, सैनिकसहित डेढ दर्जनको मृत्यु

अफ्रकिा । अफ्रिकी मुलुक मालीमा भएको आतंककारी हमलामा कम्तिमा १६ जना सैनिकले ज्यान गुमाएका छन् । घटनामा अन्य नौ जना घाइते भएका छन् । 

मालीको राष्ट्रिय सेनाले बुधबार विज्ञप्ति जारी गर्दै सो कुराको जनाएको छ । मध्य मालीमा बुधबार आतंककारीहरुले सेनामाथि नै हमला गरेका थिए । मध्य मालीको बान्डिगारा बाटोमा सेनाको गस्तीका क्रममा आतंककारीहरुले हमला गरेका थिए ।

आतंककारी हमलाका कारण ११ जना सेना र १५ जना आतंककारी मारिएको जनाएको थियो ।

सो आक्रमणका क्रममा घाइते भएकाहरुको बिहीबार निधन भएको थियो । त्यहाँको सेनाले सो हमला निकै शक्तिशाली र घातक रहेको भन्दै आक्रमणबाट मारिनको संख्या अझ बढ्न सक्ने जनाएको छ । सिन्ह्वा