ईपीएलकाे क्वालिफायर खेलमा आज चितवन र पोखरा भिड्दै

ईपीएलकाे क्वालिफायर खेलमा आज चितवन र पोखरा भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वेन्टी क्रकेटमा आजबाट प्ले अफ्का खेलहरु सुरु हुँदैछ । प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा आज चितवन टाइगर्स र पोखरा राइनोज भिड्नेछन् । यो खेल बिहान साँढे ९ बजे सुरु हुनेछ । 

लिग चरणमा शीर्ष स्थानमा रहँदै चितवन तथा दोस्रो स्थानमा रहँदै पोखरा क्वालिफायरका लागि छनौट भएका हुन् । यो खेलको विजेता फाइनलमा पुग्नेछ ।

पराजित हुने टोलीले भोलि दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । आजको दोस्रो खेलमा काठमाडौं किङ्स ११ र भैरहवा ग्लाडिएटर्स भिड्नेछन् । यो खेल दिउसो साँढे १ बजे सुरु हुनेछ । विजेताले पहिलो क्वासलफयारमा पराजित हुने टोलीसँग फाईनल प्रवेशको लागि खेल्नेछ । इपिएल क्रिकेटको फाइनल खेल यही शनिवार आयोजना हुनेछ ।