सिके राउतको पार्टीले गर्‍यो प्रदर्शन

सिके राउतको पार्टीले गर्‍यो प्रदर्शन

जनकपुरधाम । सिके राउतको जनमत पार्टीले जनकपुरमा प्रदर्शन गरेको छ । प्रदेश २ सरकार भ्रष्ट भएको भन्दै सरकार प्रमुखको राजिनामा माग गर्दै उक्त पार्टीले प्रदर्शन गरेको हो । उनीहरुले ‘साइकल चोर–सरकार छोड । भ्रष्ट सरकार–राजीनामा दे, १ मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ’ लगायतका नारा लगाएका थिए । 

प्रदेश २ मा संचालिन ‘बेटी पढाऊ, बेटी बचाऊ अभियान’मा साइकल खरिदमा मुख्यमन्त्रीको कार्यालयले अनियमितता गरेको भन्दै असोज १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको थियो ।

त्यस्तै कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका छन् । सुरक्षाकर्मीले रोक्न खोज्दा उनीहरुले न्यायिक समिति कक्षमा तोडफोड समेत गरेका छन् । दजनकपुरको विभिन्न सडक हिलाम्मे बनेको र मर्मत गराउन चासो नदेखाएकाे भन्दै उनीहरूले ताेडफाेड गरेका हुन् ।