‘चरी जेलैमा’पछि विष्णु माझीकाे ‘दशैँ तिहार आइसक्यो’ सार्वजनिक (भिडियाेसहित)

‘चरी जेलैमा’पछि विष्णु माझीकाे ‘दशैँ तिहार आइसक्यो’ सार्वजनिक (भिडियाेसहित)

‘चरी जेलैमा’को चर्चा सेलाउन नपाउँदै लोकप्रिय गायिका विष्णु माझीको नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘दशैँ तिहार आइसक्यो’ बोलको गीत बुधबार सार्वजनिक भएको हो ।

सपना म्युजिक इन्ड्रष्टिज युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा पनि विणुकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको छ । विष्णु माझीको लिड भोकल रहेको उक्त गीतमा महिमा आचार्यको कोरस भोकल रहेको छ ।

नजिकिँदै गरेको नेपालीहरुको महान् पर्व दशैँ र तिहारलाई लक्षित गरेर निकालिएको ‘दशैँ तिहार आइसक्यो’ गीतले पनि छोटो समयमा निकै चर्चा कमाएको छ । युट्युबमा सार्वजनिक भएको २२ घण्टामा नै ५ लाखभन्दा बढी पटक हेरिसकिएको छ ।

सुन्दरमणि अधिकारीकै निर्देशन र अभिनयमा तयार भएको गीतमा नायिकाको भूमिकामा प्रिया विष्ट देखिएकी छिन् । सम्भु चालिसेको छायांकन रहेको गीतलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।

गीतमा दशैँ तिहार आएको झल्को आइसकेको भन्दै परदेशीहरुलाई बोलाइएको छ ।

https://youtu.be/eUm9PXlbNC4