ललितपुरमा १५ दिने कला प्रदर्शन

ललितपुरमा १५ दिने कला प्रदर्शन

ललितपुर । कोरोनाले थिलथिलो बनेको कला क्षेत्रलाई पुनःजीवन दिने उद्देश्यले ललितपुरमा कला प्रदर्शन सुरु गरिएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगमा प्यागोडा ग्रुपले सो १५ दिने कला प्रदर्शनी सुरु गरेको हो । 

ललितपुर महानगरपालिका–१ बखुण्डोलस्थित कुण्डलिनीमा बिहीबारदेखि सो प्रदर्शन सुरु भएको छ । प्रदर्शनमा १४ कलाकारका १८ कलाकृति प्रदर्शनीका लागि राखिएका छन् । 

प्रदर्शनीको सुरुआतका क्रममा फाउण्डेशनका सदस्यसचिव इञ्जीनियर अतुल कोइरालाले नेपालको कला, संस्कृति मासिँदै गएकाले विद्यार्थीहरुमाझ पाठ्यक्रमका रुपमा यसलाई राखिनुपर्ने बताए । विद्यार्थीहरुलाई कला संस्कृति तथा अनुशासनका विषयमा सिकाउनुपर्ने उनले राय व्यक्त गरेका छन् । 

प्रदर्शनीमा गोपाल कलाप्रेमी, सुष्मा राजभण्डारी, राजु पिठाकोटे, सरोज बज्राचार्य, किशोर नकर्मी, विकास शाक्य, रोशन प्रधान, पासाङविक्रम लामा, अजय देसार, विपना महर्जन, माला श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ, कान्छाकाजी भाषिमा र रुद्रबहादुर पुनका चित्रकला प्रदर्शनीमा राखिएका छन् ।