राष्ट्रियसभा बैठकका लागि तयारी गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

राष्ट्रियसभा बैठकका लागि तयारी गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

काठमाडौं । असार १७ गतेबाट हुने राष्ट्रियसभा बैठकका लागि संसद सचिवालयले आवश्यक तयारी थालेको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेपछि शुक्रबार बानेश्वरस्थित संसद भवन पुगेर आवश्यक तयारीका लागि संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।

यसअघि शुक्रबार नै अध्यक्ष तिमिल्सिनाले विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतहरूसँग संसद बैठकबारे परामर्श गरेका थिए ।