युरोकपमा आज दुई खेल, कसको भिडन्त को सँग ?

युरोकपमा आज दुई खेल, कसको भिडन्त को सँग ?

काठमाडौं । युरोकप फुटबलमा आज मंगलबार दुई खेल हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज राति समूह ‘डी’ का दुई खेलहरु हुनेछन् ।  जसमा इंग्ल्यान्ड र चेक रिपब्लिक तथा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् । दुबै खेल राति १२:४५ बजे हुनेछन् ।

आज इंग्ल्यान्ड चेक रिपब्लिकलाई हराउँदै नकआउट चरणमा पुग्ने योजनामा रहेको छ । इंग्ल्यान्ड २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।

चेक रिपब्लिक पनि इंग्ल्यान्डलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । चेल रिपब्लिक २ खेलमा ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । बराबरीले समेत चेक रिपब्लिक अर्को चरणको यात्रा गर्नेछ ।

आजै हुने समूहको अर्को खेलमा क्रोएसिया र स्कटल्याण्ड भिड्ने छन् । यस समूहमा क्रोएसिया २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । स्कटल्याण्ड २ खेलमा १ अंक जोडेर पुछारमा रहेको छ ।