राजीनामाबारे माधव नेपाल समूहको यस्तो तयारी

राजीनामाबारे माधव नेपाल समूहको यस्तो तयारी

काठमाडौं । सत्ता समीकरणमा निर्णायक मानिएको एमालेको खनाल–नेपाल समूहमा सबैको ध्यान सोझिएका बेला उसले भने जसपाको निर्णय पर्खिने भएको छ । गठबन्धन सरकारका विषयमा जसपाले बिहीबार बैठक डाकेको छ ।

उक्त बैठकले गर्ने निर्णयका आधारमा सांसद पदबाट राजीनामा दिएर गठबन्धन सरकार निर्माणको गाँठो फुकाउने या अरू कुनै विकल्प सोच्ने भन्ने खनाल–नेपाल समूहका नेताले जनाएका छन् प्रतिनिधिसभा सदस्य रहेका स्थायी कमिटी सदस्यहरूको बुधबार भर्चुअल छलफल भएको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग एकताको ढोका बन्द नगर्ने निष्कर्ष निकाल्दै गएको सोमबार खनाल–नेपाल समूहका सांसदले पदबाट राजीनामा दिएका थिएनन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा प्रतिनिधिसभामा अनुपस्थित सांसदले ओलीले थप संवादको पहल गर्छन् कि भन्ने आस गरेका थिए । 

तर एकातिर गठबन्धन सरकार बनाउने समय घर्किंदै जाने र अर्कातिर प्रधानमन्त्री ओलीले वास्तै नगर्ने भएपछि यो समूहमा राजीनामाका लागि दबाब बढेको छ । कान्तिपुरमा खबर छ ।