अदालतले खड्कालाई रिहा गरे पनि मुलुकबाहिर जानुअघि पूर्वस्वीकृति लिनुपर्ने सर्त राखेको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार खड्काले विदेश जानुपर्ने अवस्था आएमा अनिवार्य रूपमा अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ।